ग्रिनल्यान्डको सुरक्षामा अमेरिका र डेनमार्कबीच सम्झौता

३ असोज, २०८३, शनिवार
सारांश
  • अमेरिका र डेनमार्कले ग्रिनल्यान्डको सुरक्षासम्बन्धी सम्झौतामा सहमति गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड कब्जा गर्ने चेतावनी दिएपछि उत्पन्न कूटनीतिक विवादबीच यो सहमति भएको हो ।

काठमाडौँ । अमेरिका र डेनमार्कले ग्रिनल्यान्डको सुरक्षासम्बन्धी सम्झौतामा सहमति गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड कब्जा गर्ने चेतावनी दिएपछि उत्पन्न कूटनीतिक विवादबीच यो सहमति भएको हो ।

 

ट्रम्पले सम्झौताले अमेरिकालाई ग्रिनल्यान्डको सुरक्षा र अन्य आवश्यकतामा स्थायी नियन्त्रण दिने बताएका छन् । तर डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सेनले सम्झौताले आर्कटिक र उत्तर एट्लान्टिक क्षेत्रको सुरक्षा बलियो बनाउने बताउँदै डेनमार्कको सार्वभौमिकता र ग्रिनल्यान्डवासीको आत्मनिर्णयको अधिकार कायम रहने स्पष्ट पारेकी छन् ।

 

सम्झौताअनुसार रुस र चीनजस्ता गैरनाटो देशलाई ग्रिनल्यान्डमा सैन्य उपस्थिति राख्न वा संवेदनशील क्षेत्रमा लगानी गर्न रोक लगाइने बताइएको छ । अमेरिकाले ग्रिनल्यान्डमा थप सैन्य संरचना निर्माण गर्न तथा स्थायी रूपमा सैन्य पहुँच र हवाई उडान अधिकार पाउने उल्लेख गरिएको छ ।

 

सम्झौताको पूर्ण पाठ भने सार्वजनिक गरिएको छैन । यसलाई अर्को साता संयुक्त राष्ट्रसंघको महासभाका क्रममा हस्ताक्षर गर्ने तयारी गरिएको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार