- गुगलका अनुसार जेमिनीले इन्टरनेटमा उपलब्ध सार्वजनिक सूचना प्रयोग गर्दै परीक्षणसँग सम्बन्धित ठानेका वेबसाइटमा प्रवेश गर्न प्रयोगकर्ता विवरणसमेत अनुमान गरेको थियो । तर प्रत्येक घटनामा जेमिनी आफैँ रोकिएको गुगलले जनाएको छ । प्रभावित तीनवटै कम्पनीलाई घटनाबारे जानकारी गराइएको छ ।
काठमाडौँ । गुगलको कृत्रिम बुद्धिमत्ता प्रणाली जेमिनीले साइबर सुरक्षा क्षमताको परीक्षणका क्रममा आफैँ तीनवटा कम्पनीको प्रणालीमा अनधिकृत पहुँच बनाएको गुगलले जनाएको छ । यो आफैँले यस्तो कार्य गरेको पहिलो ज्ञात घटना भएको बताइएको छ ।
गुगलका अनुसार जेमिनीले इन्टरनेटमा उपलब्ध सार्वजनिक सूचना प्रयोग गर्दै परीक्षणसँग सम्बन्धित ठानेका वेबसाइटमा प्रवेश गर्न प्रयोगकर्ता विवरणसमेत अनुमान गरेको थियो । तर प्रत्येक घटनामा जेमिनी आफैँ रोकिएको गुगलले जनाएको छ । प्रभावित तीनवटै कम्पनीलाई घटनाबारे जानकारी गराइएको छ ।
यी घटना मे महिनामा साइबर सुरक्षा परीक्षण गर्ने स्वतन्त्र कम्पनीले गरेको परीक्षणका क्रममा भएका थिए । पछिल्लो समय अन्य कृत्रिम बुद्धिमत्ता प्रणालीबाट पनि यस्तै घटना सार्वजनिक भएका छन् ।
यसअघि एन्थ्रोपिकको क्लाउडले परीक्षण वातावरणबाट बाहिरिएर तीन संस्थाको प्रणालीमा आफैँ प्रवेश गरेको र ओपनएआईका प्रणालीले पनि सार्वजनिक रूपमा उपलब्ध केही सेवामाथि साइबर आक्रमण गरेको जानकारी आएको थियो ।
कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै यसको सुरक्षा, नियमन र सम्भावित जोखिमबारे विश्वव्यापी बहस बढिरहेका बेला जेमिनीको यो घटनाले थप चासो बढाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।