सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

३ असोज, २०८३, शनिवार
सारांश
  • प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार घाइते यादवको खुट्टामा गोली लागेको छ।

माेरङ: सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक युवक घाइते भएका छन्। गाउँपालिका– १ मा अज्ञात समूहले प्रहार गरेको गोली लागेर निरज यादव घाइते भएका हुन्।

 

घटना भएको वडाका अध्यक्ष सूर्यनारायण पालका अनुसार बेलुका नचिनेको ब्यक्तिबाट गोली चलेको हो। अर्कोतर्फ सुनसरी प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार घाइते यादवको खुट्टामा गोली लागेको छ।

 

घटनासँगै केहीबेर स्थानीयले प्रदर्शन गरेका थिए। सो क्षेत्रमा सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा बनाएको छ। घाइते यादवलाई तत्काल उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार