प्रधानमन्त्री बालेन्द्र शाहको जेनजी उमेर समूहका सांसदसँग विशेष छलफल
२ असोज, २०८३, शुक्रवार
- सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले पछिल्लो समय विभिन्न समूह तथा क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै आएका छन् ।
काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूसँग विशेष छलफल सुरु गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले पछिल्लो समय विभिन्न समूह तथा क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै आएका छन् ।
छलफलमा नयाँ प्रविधिको प्रयोग, डिजिटल सुशासन, युवा स्वरोजगार तथा नयाँ उद्यमसम्बन्धी नीति, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा केन्द्रित रहेर विचार आदानप्रदान भइरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
जेनजी आन्दोलनपछि बनेको सरकारले यसअघि सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीमा समेत डिजिटल शासन, सार्वजनिक सेवा प्रवाह सुधार तथा प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।