- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज दुई खेल हुँदैछन् ।
काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज दुई खेल हुँदैछन् ।
आज पहिलो खेल अपराहन्न साढे १२ बजे कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच हुदैछ भने दोस्रो खेल साँझ ५ बजेदेखि चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।
कर्णाली याक्सले प्रतियोगितामा शुरुका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ । कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरेको थियो । त्यस्तै काठमाडौँ गोर्खाजले आफ्नो पहिलो खेलमा हार बेहोरेको थियो । काठमाडौँ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
त्यसैगरी चितवन राइनोजले भने यसअघिका दुई मध्ये एक खेलमा विराटनगरलाई पराजित गरेको थियो भने एक खेल बर्षाले अवरुद्ध हुदा लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो ।
त्यस्तै, सुदूरपश्चिम रोयल्सले भने खेलेका ३ खेलमा दुई हार र एक जित हासिल गरेको छ । सुदूरपश्चिमले पोखरालाई पराजित गरेको थियो भने लुम्बिनी र विराटनगरसँग हार बेहोरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।