- मन्त्री चौधरीले जलवायु परिवर्तनको सामना गर्न निजी क्षेत्रलाई सक्रिय सहभागी गराउँदै हरित प्रविधि, नवीकरणीय ऊर्जा, जलवायु अनुकूल कृषि र वातावरणमैत्री पर्यटनमा लगानी बढाउनुपर्ने बताइन् ।
मुस्ताङ: मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि सुरु भएको छ । सम्मेलनको उद्घाटन सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गरेकी हुन् ।
सम्मेलनमा हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनले पारेका असर, त्यसको न्यूनीकरण तथा स्थानीय तहले अपनाउनुपर्ने अनुकूलनका उपायबारे छलफल भइरहेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए । जलवायु परिवर्तनले कृषि र पर्यटनसहित स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा जनजीवनमा समेत असर पारेको उनको भनाइ छ ।
सम्मेलनमा भदौ १० गते रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिको समीक्षा गरिनेछ । सम्मेलनको समापनमा जलवायु कार्ययोजना र जलवायु न्यायका लागि स्थानीय तहको संयुक्त सहभागितामा ‘जलवायु घोषणापत्र २०८३’ जारी गरिने आयोजकले जनाएको छ ।
मन्त्री चौधरीले जलवायु परिवर्तनको सामना गर्न निजी क्षेत्रलाई सक्रिय सहभागी गराउँदै हरित प्रविधि, नवीकरणीय ऊर्जा, जलवायु अनुकूल कृषि र वातावरणमैत्री पर्यटनमा लगानी बढाउनुपर्ने बताइन् । उनले तीनै तहका सरकारबीच समन्वय, स्थानीय ज्ञानको उपयोग तथा महिला, आदिवासी जनजाति र सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागितामा जोड दिइन् ।
आज शुरु भएको घरपझोङ जलवायु परिवर्तन सम्मेलन भोलि सकिने कार्यसूची रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विशेष महाधिवेशन पक्षधरले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन देउवाको अपिल
-
कांग्रेसको १५औँ महाधिवेशन: कुन पदमा उम्मेदवारी दिन कति शुल्क ?
-
असोज १ गतेदेखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन हुने
-
आयल निगमको डिजेल चोरी गरेको आरोपमा तीन ट्याङ्करसहित एक जना पक्राउ
-
विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन कांग्रेसको माग
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।