मुस्ताङमा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

३० भाद्र, २०८३, मगलवार
सारांश
  • मन्त्री चौधरीले जलवायु परिवर्तनको सामना गर्न निजी क्षेत्रलाई सक्रिय सहभागी गराउँदै हरित प्रविधि, नवीकरणीय ऊर्जा, जलवायु अनुकूल कृषि र वातावरणमैत्री पर्यटनमा लगानी बढाउनुपर्ने बताइन् ।

मुस्ताङ: मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि सुरु भएको छ । सम्मेलनको उद्घाटन सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गरेकी हुन् ।

 

सम्मेलनमा हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनले पारेका असर, त्यसको न्यूनीकरण तथा स्थानीय तहले अपनाउनुपर्ने अनुकूलनका उपायबारे छलफल भइरहेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए । जलवायु परिवर्तनले कृषि र पर्यटनसहित स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा जनजीवनमा समेत असर पारेको उनको भनाइ छ ।

 

सम्मेलनमा भदौ १० गते रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिको समीक्षा गरिनेछ । सम्मेलनको समापनमा जलवायु कार्ययोजना र जलवायु न्यायका लागि स्थानीय तहको संयुक्त सहभागितामा ‘जलवायु घोषणापत्र २०८३’ जारी गरिने आयोजकले जनाएको छ ।

 

मन्त्री चौधरीले जलवायु परिवर्तनको सामना गर्न निजी क्षेत्रलाई सक्रिय सहभागी गराउँदै हरित प्रविधि, नवीकरणीय ऊर्जा, जलवायु अनुकूल कृषि र वातावरणमैत्री पर्यटनमा लगानी बढाउनुपर्ने बताइन् । उनले तीनै तहका सरकारबीच समन्वय, स्थानीय ज्ञानको उपयोग तथा महिला, आदिवासी जनजाति र सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागितामा जोड दिइन् ।

 

आज शुरु भएको घरपझोङ जलवायु परिवर्तन सम्मेलन भोलि सकिने कार्यसूची रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार