मिनी ट्रकको ठक्करबाट कैलालीमा ५ वर्षीय बालकको मृत्यु

३० भाद्र, २०८३, मगलवार
सारांश
  • पैदल हिँडिरहेका गौरीगंगा नगरपालिका–२ का भरत देउवाका ५ वर्षीय छोरा लेखराज देउवालाई ठक्कर दिएको थियो ।

कैलाली: कैलालीको गौरीगंगा नगरपालिका–२ झिलस्थित पूर्व–पश्चिम राजमार्गमा मिनी ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ ।

 

मंगलबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले पैदल हिँडिरहेका गौरीगंगा नगरपालिका–२ का भरत देउवाका ५ वर्षीय छोरा लेखराज देउवालाई ठक्कर दिएको थियो ।

 

दुर्घटनामा गम्भीर घाइते लेखराजको टाउको र छातीमा चोट लागेको थियो। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहान ९: २० बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन् ।

 

प्रहरीले मिनी ट्रकका चालक लम्कीचुहा नगरपालिका–२ का २९ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार