मिनी ट्रकको ठक्करबाट कैलालीमा ५ वर्षीय बालकको मृत्यु

३० भाद्र, २०८३, मगलवार
सारांश
  • पैदल हिँडिरहेका गौरीगंगा नगरपालिका–२ का भरत देउवाका ५ वर्षीय छोरा लेखराज देउवालाई ठक्कर दिएको थियो ।

कैलाली: कैलालीको गौरीगंगा नगरपालिका–२ झिलस्थित पूर्व–पश्चिम राजमार्गमा मिनी ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ ।

 

मंगलबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले पैदल हिँडिरहेका गौरीगंगा नगरपालिका–२ का भरत देउवाका ५ वर्षीय छोरा लेखराज देउवालाई ठक्कर दिएको थियो ।

 

दुर्घटनामा गम्भीर घाइते लेखराजको टाउको र छातीमा चोट लागेको थियो। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहान ९: २० बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन् ।

 

प्रहरीले मिनी ट्रकका चालक लम्कीचुहा नगरपालिका–२ का २९ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार