जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन एकीकृत योजना बनाइने

२६ भाद्र, २०८३, शुक्रवार
सारांश
  • बाढी प्रभावित नदी करिडोरमा एकीकृत योजना बनाएर पुनर्निर्माण गरिने तथा आवश्यक बजेट र स्रोत व्यवस्थापन गरिने उनले बताए ।

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगले बाढी तथा अन्य विपद्बाट क्षतिग्रस्त जलविद्युत् तथा पूर्वाधारको पुनर्निर्माणलाई सुरक्षित र जलवायु उत्थानशील बनाउने गरी एकीकृत योजना अघि बढाउने सहमति गरेका छन् ।

 

बिहीबार भएको छलफलमा क्षति आकलन, नदी करिडोरको प्राविधिक नक्साङ्कन, पूर्वसूचना प्रणालीको सुदृढीकरण र पुनर्बास योजनालाई प्राथमिकता दिने समझदारी भएको थियो ।

 

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत्, सडकलगायत पूर्वाधार निर्माणमा भविष्यका विपद्को जोखिमलाई ध्यान दिनुपर्ने बताएका थिए । बाढी प्रभावित नदी करिडोरमा एकीकृत योजना बनाएर पुनर्निर्माण गरिने तथा आवश्यक बजेट र स्रोत व्यवस्थापन गरिने उनले बताए ।

 

योजना आयोगले क्षति आकलनका लागि कार्यविधि तयार गरी आगामी सातादेखि स्थलगत काम सुरु गर्ने जनाएको छ। साथै, विपद्का बेला ऊर्जा आपूर्ति निरन्तर राख्न वैज्ञानिक ऊर्जा मिश्रण तथा अत्याधुनिक पूर्वसूचना प्रणाली विकासमा जोड दिइने भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार