परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता

१६ भाद्र, २०८३, मगलवार
सारांश
  • विदेशमन्त्री आनन्दले दुःखको यस घडीमा नेपाली जनताप्रति गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गरेकी छन् ।

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालले क्यानडाका विदेशमन्त्री अनिता आनन्दसँग टेलिफोन वार्ता गरेका छन् ।

 

आज भएको वार्तामा दुई देशका विदेशमन्त्रीबीच नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षतिबारे छलफल भएको छ ।

 

विदेशमन्त्री आनन्दले दुःखको यस घडीमा नेपाली जनताप्रति गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गरेकी छन् ।

 

परराष्ट्रमन्त्री खनालले क्यानडा सरकारले उपलब्ध गराएको ५० लाख क्यानाडेली डलर अर्थात ५४ करोड ७३ लाख नेपाली रुपैयाँ सहयोग तथा संयुक्त कोषमार्फत थप १० करोड क्यानाडेली डलर अर्थात् करिब ११ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने प्रतिबद्धताप्रति आभार व्यक्त गरेका छन् ।

 

उनले बाढीबाट प्रभावित तथा बेपत्ता क्यानाडेली नागरिकसहित सबैको खोजी, उद्धार र राहतका लागि सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार