- उनका अनुसार उद्धार तथा राहत कार्यमा मौसमसम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउन चीनले निरन्तर सहयोग गरिरहेको छ । आपत्कालीन उद्धार र विपद् व्यवस्थापनमा सहयोग पुर्याउन नेपालसँग मौसमसम्बन्धी सहकार्य थप सुदृढ गरिने पनि चीनले जनाएको छ ।
काठमाडौं: चीनले रसुवा-ग्यिरोङ सीमा क्षेत्रमा आएको भीषण बाढीपहिरोपछि नेपाललाई मौसमसम्बन्धी सूचना तथा पूर्वानुमानमा सहयोग गर्दै आएको जनाएको छ ।
चीनको मौसम प्रशासनका प्रवक्ता वाङ यावेईका अनुसार विपद्पछि चीनले तत्कालै नेपालको मौसम विभागसँग मौसमसम्बन्धी भिडियो छलफल गरेको थियो । त्यसयता नेपाललाई मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना तथा विपद्को प्रभावसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएको छ ।
उनका अनुसार उद्धार तथा राहत कार्यमा मौसमसम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउन चीनले निरन्तर सहयोग गरिरहेको छ । आपत्कालीन उद्धार र विपद् व्यवस्थापनमा सहयोग पुर्याउन नेपालसँग मौसमसम्बन्धी सहकार्य थप सुदृढ गरिने पनि चीनले जनाएको छ ।
चीनको मौसम प्रशासनले नेपालमा जारी उद्धार तथा राहत कार्यलाई आवश्यक पर्ने समग्र मौसमसम्बन्धी सेवा उपलब्ध गराउन सक्दो प्रयास गर्ने जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’