माटोमुनिबाट बालिका रोएको आवाज आएपछि सशस्त्र प्रहरीद्वारा उद्धार

१२ भाद्र, २०८३, शुक्रवार
सारांश
  • सीमा सुरक्षा चौकी (बीओपी) टिमुरेबाट सप्रनिको कमान्डमा खटिएको ६ सदस्यीय टोलीले बालिकालाई उद्धार गरी चौकीमा ल्याएको जनाइएको छ।

रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२, टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीले सकुशल उद्धार गरेको छ।

 

शुक्रबार साँझ करिब ६ः१५ बजे खोज तथा उद्धारमा खटिएको एपीएफ टोलीले माटोमुनिबाट बालिका रोएको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो। खोजीका क्रममा बालिकालाई माटोमुनि पुरिएको अवस्थामा फेला पारी उद्धार गरिएको हो।

 

सीमा सुरक्षा चौकी (बीओपी) टिमुरेबाट सप्रनिको कमान्डमा खटिएको ६ सदस्यीय टोलीले बालिकालाई उद्धार गरी चौकीमा ल्याएको जनाइएको छ। उद्धारका क्रममा बालिका गम्भीर तथा अचेत अवस्थामा फेला परेकी थिइन्।

 

चौकीमा ल्याएपछि बालिकालाई न्यानो बनाएर राखिएको छ। अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास भइरहेको भए पनि रातिको समय भएकाले तत्काल हेलिकप्टर उडान सम्भव हुन नसकेको जनाइएको छ।

 

बाढी–पहिरोले प्रभावित टिमुरे क्षेत्रमा सुरक्षाकर्मीहरूले जोखिमका बीच खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। माटोमुनिबाट आएको बालिकाको रोएको आवाज समयमै पहिचान गरी उद्धार गर्न सफल हुनुले विपद्का बेला उद्धार टोलीको सतर्कता र सक्रिय खोजीको महत्त्वसमेत देखाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार