- चेम्बरका अनुसार कठिन भौगोलिक तथा जोखिमयुक्त क्षेत्रमा मानिसको पहुँच सीमित हुने भएकाले ड्रोनमार्फत प्रभावित क्षेत्रको निगरानी, अवस्था पहिचान तथा खोजी–उद्धारमा महत्वपूर्ण सहयोग पुग्नेछ ।
काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरीलाई १७ वटा निगरानी ड्रोन हस्तान्तरण गरेको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालय पुगेर चेम्बरका वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन परिषद्का सभापति दीपकुमार मल्होत्राले प्रहरीलाई ड्रोन हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका ड्रोनमध्ये दुईवटा माभिक फोर प्रो, पाँचवटा एयर थ्री एस, दुईवटा मिनी फाइभ प्रो प्लस, छवटा लिटो वान प्लस र दुईवटा लिटो एक्स वान रहेका छन् ।
चेम्बरका अनुसार कठिन भौगोलिक तथा जोखिमयुक्त क्षेत्रमा मानिसको पहुँच सीमित हुने भएकाले ड्रोनमार्फत प्रभावित क्षेत्रको निगरानी, अवस्था पहिचान तथा खोजी–उद्धारमा महत्वपूर्ण सहयोग पुग्नेछ ।
चेम्बरले यसअघि पनि विदुर नगरपालिकालाई दुईवटा ड्रोन र प्रभावित क्षेत्रमा सञ्चार तथा अत्यावश्यक विद्युतीय उपकरण सञ्चालनका लागि १२५ वटा पावर बैंक उपलब्ध गराइसकेको जनाएको छ । रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित जिल्लामा राहत सामग्री तथा नगद सहयोगसमेत गर्दै आएको चेम्बरले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।