अर्को बाढीको जोखिमले चीनद्वारा तिब्बतमा उद्धार कार्य स्थगित
१२ भाद्र, २०८३, शुक्रवार
- पहिरोको गेग्रान र लेदो जम्मा भएर बनेको एउटा अस्थायी ताल फुटेर उद्धार टोली खटिएको क्षेत्रतर्फ बग्न थालेपछि उद्धार कार्य रोकिएको हो ।
बेइजिङ (एजेन्सी): तिब्बतको सीमा क्षेत्रमा आएको विनाशकारी पहिरोमा परी सयौँ मानिस अझै बेपत्ता भइरहेका बेला बाढीको पुनः जोखिम बढेपछि चीनले उद्धार कार्य स्थगित गरेको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार पहिरोको गेग्रान र लेदो जम्मा भएर बनेको एउटा अस्थायी ताल फुटेर उद्धार टोली खटिएको क्षेत्रतर्फ बग्न थालेपछि उद्धार कार्य रोकिएको हो ।
सीसीटीभीले शुक्रवार भनेको छ, ‘सबै उद्धार टोलीहरूलाई हालकै स्थानमा तयारी अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न आदेश दिइएको छ ।’
यसअघि नै घटनास्थलमा पुगिसकेका आपत्कालीन टोलीहरूलाई पनि बाढीको खतराका कारण ‘एक किलोमिटर पछि हट्न’ निर्देशन दिइएको सीसीटीभीले थप जानकारी दिएको छ ।
उक्त क्षेत्रमा गएको भीषण पहिरोमा परी ठूलो संख्यामा धनजनको क्षति भएको अनुमान गरिएको छ, तर प्रतिकुल मौसम र बाढीको जोखिमले गर्दा बेपत्ताहरूको खोजी कार्य चुनौतीपूर्ण बनेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’