भोटेकोशी बाढी: अहिलेसम्म १२१ विदेशी पर्यटकको उद्धार

१२ भाद्र, २०८३, शुक्रवार
सारांश
  • आपत्कालीन सहयोगका लागि निःशुल्क १२३४, सहायता नम्बर ११४४ तथा पर्यटक प्रहरीको ९८५१२८९४४५ नम्बरमा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।

काठमाडौँ: भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म १२१ जना विदेशी पर्यटक तथा यात्रुको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

 

नेपाल पर्यटन बोर्डले शुक्रबार सार्वजनिक गरेको अपडेट अनुसार भारतका ८५, चीनका १६, दक्षिण कोरियाका ९, अमेरिकाका २, रुसका २ र इटालीका २ जना नागरिकको उद्धार गरिएको छ ।

 

त्यस्तै बुल्गेरियाका १ र स्विट्जरल्यान्डका १ जना तथा राष्ट्रियता पुष्टि हुन बाँकी ३ जनाको समेत उद्धार गरिएको बोर्डले जनाएको छ ।

 

बुधबार रसुवा, नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुको अवस्था पहिचान र उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित निकायले संयुक्त रूपमा काम गरिरहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार घाइते, अलपत्र तथा प्रभावित व्यक्तिको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरणका लागि आवश्यक प्रयास जारी छ ।

 

आपत्कालीन सहयोगका लागि निःशुल्क १२३४, सहायता नम्बर ११४४ तथा पर्यटक प्रहरीको ९८५१२८९४४५ नम्बरमा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।

 

बोर्डले पर्यटकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको जनाएको छ । यसअघि बोर्डले ६६७ जना पर्यटक सम्पर्क विहिन रहेको जानकारी दिएको थियो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार