बाढीले बगाएको शवबाट सुनको मुन्द्रा चोरी गरेका दुई जना पक्राउ

११ भाद्र, २०८३, बिहिवार
सारांश
  • भिडियोका आधारमा अनुसन्धान गर्दा शवबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा भदौ ११ गते चितवनको भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क नजिकबाट दुई जनालाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

चितवन: रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

 

भोटेकोशीमा आएको पहिरोसहितको बाढीले बगाएर ल्याएको शव नदी किनारमा अड्किएको अवस्थामा ती व्यक्तिहरूले मृतकको कानबाट सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

 

भिडियोका आधारमा अनुसन्धान गर्दा शवबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा भदौ ११ गते चितवनको भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क नजिकबाट दुई जनालाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

 

पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चाइँबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्क सुपारीटोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन् ।

 

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार