रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रबाट २७ विदेशी पर्यटकको उद्धार
११ भाद्र, २०८३, बिहिवार
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रबाट २७ जना विदेशी पर्यटकको उद्धार गरिएको नेपाल पर्यटन वोर्डले जानकारी दिएको छ ।
काठमाडौं: रसुवा, नुवाकोट, धादिङ र गोरखाका क्षेत्रमा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीपछि पर्यटक तथा यात्रुको अवस्थाबारे खोजी र उद्धार कार्य तीव्र पारिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रबाट २७ जना विदेशी पर्यटकको उद्धार गरिएको नेपाल पर्यटन वोर्डले जानकारी दिएको छ ।
जसमा ११ जना भारतीय, ४ जना दक्षिण कोरियाका तथा अमेरिका र इटालीका २-२ जना रहेको बोर्डले जनाएको छ । त्यस्तै उद्धार गरिएका ८ जना विदेशी नागरिकको राष्ट्रियता नखुलेको बोर्डले जनाएको छ । बोर्डले अहिलेसम्म सो क्षेत्रमा नेपालीसहित ६४४ जना सम्पर्कविहीन रहेको यस अघि जानकारी दिएको थियो ।
बाढीबाट प्रभावित क्षेत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित निकायले पर्यटक तथा यात्रुको अवस्था यकिन गर्ने काम गरिरहेका छन् । प्रभावित क्षेत्रमा रहेका वा ती क्षेत्र हुँदै यात्रा गरिरहेका पर्यटक तथा यात्रुको अवस्था पत्ता लगाउने र सुरक्षित स्थानमा पुर्याउने प्रयास भइरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । घाइते तथा प्रभावित क्षेत्रमा फसेका व्यक्तिको उद्धार र सुरक्षित स्थानान्तरणका लागि पनि सबै प्रयास जारी रहेको बोर्डको भनाइ छ ।
बाढीबाट प्रभावित क्षेत्रमा रहेका अन्य पर्यटक तथा यात्रुको अवस्थाबारे पनि सम्बन्धित निकायले खोजी तथा समन्वय गरिरहेको बोर्डले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढी: ४१ पुल बगायो, रसुवामा मात्र ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त
-
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाउने सरकारको निर्णय
-
रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रबाट २७ विदेशी पर्यटकको उद्धार
-
बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो
-
बाढीपछिको उद्धार र राहतबारे प्रधानमन्त्री शाहको आपत्कालीन छलफल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।