संघीय संसदका दुई समितिको बैठक बस्दै

२०८३ भाद्र ०५ शुक्रवार
सारांश
  • आज प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठक बस्दैछ भने संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

काठमाण्डौ, ०५ भाद्र । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ  । आज प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठक बस्दैछ भने संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

 

आज बिहान साढे ९ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने समितिले जनाएको छ । बैठकमा अर्थमन्त्री, सचिव, कानुन सचिव र नेपाल राष्ट्र बैंकका प्रतिनिधिलाई समेत बोलाइएको समितिले जनाएको छ ।

 

बिहान साढे ९ बजेदेखि बस्ने  संसदीय सुनुवाइ समितिको बैठकमा सुचना माग भएको विषय र अभिमुखीकरण कार्यक्रम सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार