पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण व्यवस्थित बनाउन निर्देशन

४ भाद्र, २०८३, बिहिवार
सारांश
  • मन्त्री तिमिल्सिनाले वास्तविक प्रकाशन तथा वितरण सङ्ख्या यकिन गर्ने प्रभावकारी प्रणाली बनाउन, वर्गीकरणका आधार स्पष्ट गर्न र सरकारी विज्ञापन वितरणमा हुने दोहोरोपन हटाउन निर्देशन दिएका छन् ।

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।

 

सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालका अधिकारीसँगको छलफलमा एउटै व्यक्ति वा संस्थाका धेरै पत्रपत्रिकाले विज्ञापन लिने, वास्तविकभन्दा बढी प्रकाशन सङ्ख्या देखाउने तथा पेस गरिएको विवरण र वास्तविक प्रकाशनबीच फरक हुने समस्या उठाइएको थियो ।

 

मन्त्री तिमिल्सिनाले वास्तविक प्रकाशन तथा वितरण सङ्ख्या यकिन गर्ने प्रभावकारी प्रणाली बनाउन, वर्गीकरणका आधार स्पष्ट गर्न र सरकारी विज्ञापन वितरणमा हुने दोहोरोपन हटाउन निर्देशन दिएका छन् ।

 

छापा माध्यमसँगै अनलाइन तथा डिजिटल सञ्चारमाध्यमको विस्तार भइरहेकाले सबै माध्यमलाई समेट्ने एकीकृत वर्गीकरण प्रणालीको सम्भावना अध्ययन गर्न पनि मन्त्रालयले तयारी गरिरहेको जनाएको छ । साथै, प्रेस काउन्सिलको आर्थिक तथा प्रशासनिक काम पारदर्शी बनाउन र बेरुजु समयमै फर्छ्यौट गर्न निर्देशन दिइएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार