रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

२०८३ भाद्र ०५ शुक्रवार
सारांश
  • बैठक काठमाण्डौको वनस्थलीस्थित घण्टीघर, केन्द्रीय कार्यालयमा बस्ने रास्वपा महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिएका छन् ।

काठमाण्डौ, ०५ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।बैठक काठमाण्डौको वनस्थलीस्थित घण्टीघर, केन्द्रीय कार्यालयमा बस्ने रास्वपा महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिएका छन् ।

 

बैठकमा पहिलो चरणमा दस्तावेजसम्बन्धी विषयमा छलफल हुनेछ । आगामी स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माण गर्ने प्रस्ताव बैठकमा पेस हुने महामन्त्री आचार्यले बताए ।

 

त्यस्तै, संगठनात्मक व्यवस्थापन तथा मनोनयनसम्बन्धी विभिन्न विषय बैठकको कार्यसूचीमा राखिएका छन् । केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुखहरूको मनोनयनबारे छलफल तथा निर्णय हुनेछ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयनसम्बन्धी प्रस्तावसमेत बैठकमा पेस हुनेछ ।

 

बैठकमा योजना, कार्यक्रम तथा अभियानसम्बन्धी विषयमा पनि छलफल हुनेछ । केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव बैठकमा राखिनेछ ।

 

यस्तै, रास्वपाले पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयलाई पनि बैठकको कार्यसूचीमा राखेको छ । पार्टीका गतिविधि, विचार तथा नीतिगत विषयलाई नियमित रूपमा सार्वजनिक गर्ने उद्देश्यले उक्त पत्रिका प्रकाशन गर्ने प्रस्ताव गरिएको हो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार