शिक्षामन्त्री पोखरेलसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेटवार्ता
१ भाद्र, २०८३, सोमवार
- राजदूत लोरेन्जोले नेपालको शिक्षा क्षेत्रसँगको सहकार्य युरोपेली सङ्घको महत्वपूर्ण प्राथमिकता रहेको बताउँदै सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
काठमाडौँ: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र युरोपेली सङ्घबीचको मैत्रीपूर्ण सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहकार्य विस्तारका विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री पोखरेलले विद्यालय शिक्षाको सुधारका लागि शिक्षा ऐन र प्राविधिक तथा व्यावसायिक शिक्षा ऐन अघि बढाइएको जानकारी दिए। राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन, प्राविधिक तथा व्यावसायिक शिक्षामा सुशासन, शिक्षकको पेसागत विकास तथा डिजिटल शिक्षाका क्षेत्रमा पनि मन्त्रालयले काम गरिरहेको उनले बताए ।
मन्त्री पोखरेलले प्रारम्भिक बाल विकासका शिक्षकलाई प्रारम्भिक अटिजम पहिचान तथा परीक्षणसम्बन्धी तालिम दिने कार्यलाई प्राथमिकतामा राखिएको बताउँदै यस क्षेत्रमा युरोपेली सङ्घसँग सहकार्यलाई निरन्तरता दिने बताए ।
राजदूत लोरेन्जोले नेपालको शिक्षा क्षेत्रसँगको सहकार्य युरोपेली सङ्घको महत्वपूर्ण प्राथमिकता रहेको बताउँदै सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
उनले सन् २०२८ देखि २०३४ सम्म नेपालको शिक्षा क्षेत्र सुधारका लागि आवश्यक कार्यढाँचामा काम भइरहेको जानकारी दिँदै विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, डिजिटल शिक्षा र शिक्षकको पेसागत विकासमा सहकार्य गर्न युरोपेली सङ्घ तयार रहेको बताएको शिक्षा मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
करदाता प्रोत्साहनको दोस्रो पाक्षिक पुरस्कार घोषणा
-
शिक्षामन्त्री पोखरेलसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेटवार्ता
-
विद्युत् खपत बढाउन र निर्यात विस्तार गर्न ऊर्जामन्त्री श्रेष्ठको जोड
-
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
-
विद्युत् कर हटाउन कुलमानले शुरु गरे देशव्यापी हस्ताक्षर अभियान
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।