मेसीको लगातार तेस्रो पेनाल्टी मिस, न्यासभिलसँग इन्टर मियामी पराजित
२०८३ श्रावण ३१ आइतवार
- लियोनल मेसीले लगातार तेस्रो पेनाल्टीमा गोल गर्न असफल हुँदा इन्टर मियामी न्यासभिलसँग ४-१ गोल अन्तरले पराजित भएको छ ।
काठमाण्डौ, ३१ श्रावण । लियोनल मेसीले लगातार तेस्रो पेनाल्टीमा गोल गर्न असफल हुँदा इन्टर मियामी न्यासभिलसँग ४-१ गोल अन्तरले पराजित भएको छ । शनिबार विहानको हारसँगै मियामी लगातार तेस्रो खेलमा पराजित भएको हो ।
खेलको २३औँ मिनेटमा मेसीले पेनाल्टीमार्फत खेल बराबरी गर्ने अवसर पाए पनि न्यासभिलका गोलरक्षक ब्रायन स्वाकेले बचाएका थिए । रिबाउन्डमा सर्जियो रेगिलोनले गोल गरे पनि भिडियो समीक्षा पछि गोल मान्य भएन ।
सन् २०१४ पछि पहिलोपटक मेसी लगातार तीन पेनाल्टीमा गोल गर्न असफल भएका हुन् । यसअघि उनले यसै गर्मीयामको विश्वकपमा अस्ट्रिया र नकआउट चरणमा इजिप्टविरुद्ध पेनाल्टी गुमाएका थिए ।
न्यासभिलका एन्डी नाहारले १७औँ मिनेटमा गोल गरेपछि मियामीका लागि तेलास्को सेगोभियाले पहिलो हाफको अतिरिक्त समयमा बराबरी गोल गरेका थिए । तर दोस्रो हाफमा हानी मुख्तारले दुई तथा साम सर्जिजले एक गोल थपेपछि न्यासभिल ४-१ ले विजयी भयो ।
हारसँगै मियामी एमएलएसको पूर्वी क्षेत्रको शीर्ष स्थानमा पुग्ने अवसरबाट चुकेको छ । जितपछि न्यासभिलले मियामीमाथि पाँच अंकको अग्रता बनाएको छ । मियामीले अब बुधबार फिलाडेल्फिया युनियनसँग खेल्ने तालिका छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।