- उनले मेसीका तर्फबाट क्लब तथा व्यावसायिक कम्पनीहरूसँग सम्झौता र वार्ता गर्दै आएका थिए । मेसीको खेल करिअरसँगै उनको व्यावसायिक गतिविधिको संरचना निर्माणमा पनि पिताको महत्वपूर्ण भूमिका रहेको थियो ।
काठमाडौँ: अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनल मेसीका बुबा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ । बिरामी भएपछि अर्जेन्टिनाको रोसारियो सहरस्थित अस्पतालमा उपचार गराइरहेका उनको निधन भएको अर्जेन्टिनी मिडियाहरुले उल्लेख गरेका छन् ।
जर्ज मेसीलाई लियोनल मेसीको फुटबल करिअरमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिका रूपमा लिइन्छ । मैदानमा मेसीका सुरुआती दिनदेखि नै उनले छोराको साथ दिँदै आएका थिए । मेसी विश्व फुटबलका महान् खेलाडीमध्ये एक बन्ने यात्रामा अघि बढ्दा जर्ज उनको निरन्तर साथमा थिए ।
उनले मेसीका तर्फबाट क्लब तथा व्यावसायिक कम्पनीहरूसँग सम्झौता र वार्ता गर्दै आएका थिए । मेसीको खेल करिअरसँगै उनको व्यावसायिक गतिविधिको संरचना निर्माणमा पनि पिताको महत्वपूर्ण भूमिका रहेको थियो ।
पछिल्ला केही वर्षमा होर्खेको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो। पछिल्लो विश्वकपका क्रममा मेसीले आफू कठिन व्यक्तिगत परिस्थितिबाट गुज्रिरहेको संकेतसमेत गरेका थिए । छोराको खेल जीवनदेखि व्यावसायिक यात्रासम्म निरन्तर साथ दिएका पिताको निधनलाई मेस्सी परिवारका लागि ठूलो व्यक्तिगत क्षतिका रूपमा लिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
-
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब
-
पोखराबाट पहिलो उडानमा दुबई जाने यात्रुलाई नगर प्रमुख आचार्यले गरे बिदाई
-
भारी वर्षाको पूर्वानुमान रहेकाले सतर्क रहन प्रधानमन्त्री शाहको अपिल
-
भोटेकोशी बाढीको विपदबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्छ- मन्त्री श्रेष्ठ
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।