क्यानको रोहितलाई धन्यवाद, भन्यो- एकपटकको लिडर सधैको लिडर !

२६ श्रावण, २०८३, मगलवार
सारांश
  • सन्देशमा क्यानले रोहितले आफ्नो नेतृत्वमा गरेको योगदानको सम्मान गर्दै ‘एकपटकको लिडर सधैको लिडर' भन्ने भावना समेत व्यक्त गरेको छ ।

काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष टोलीका पूर्वकप्तान रोहित पौडेललाई उनको नेतृत्व, समर्पण र योगदानका लागि धन्यवाद दिएको छ ।

 

क्यानले रोहितको नेतृत्वमा राष्ट्रिय पुरुष टोलीले महत्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै नेपाली क्रिकेट यात्रामा लामो समयसम्म स्मरणीय रहने क्षणहरू सिर्जना गरेको जनाएको छ ।

 

रोहितले टोली, देश र खेलप्रति देखाएको प्रतिबद्धता सधैँ प्रेरणादायी रहेको उल्लेख गर्दै आगामी दिनमा पनि उनले यही भावना, गौरव र समर्पणका साथ नेपालको सेवा गरिरहने विश्वास व्यक्त गरेको छ ।

 

क्यानले रोहितलाई सम्बोधन गर्दै भनेको छ- 'देशको आशा बोकेर जोश, समर्पण र अटल दृढताका साथ नेपालको नेतृत्व गरेकोमा धन्यवाद रोहित ।’ सन्देशमा क्यानले रोहितले आफ्नो नेतृत्वमा गरेको योगदानको सम्मान गर्दै ‘एकपटकको लिडर सधैको लिडर' भन्ने भावना समेत व्यक्त गरेको छ ।

 

क्यानले रोहितलाई एकदिवसीय कप्तानीबाट हटाएर सन्दीप लामिछानेलाई कप्तानीको जिम्मेवारी दिएको छ । रोहितलाई यसअघि नै टी-२० टिमको कप्तानीबाट हटाएर दिपेन्द्र सिंह ऐरीलाई जिम्मेवारी दिइएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार