देउवा पक्षको भेला सम्पन्न, शशांकले नै समुहलाई संयोजन गर्ने

२०८३ श्रावण ३१ आइतवार
सारांश
  • नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनको तयारी शेरबहादुर देउवाको निर्देशनमा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले संयोजन गर्ने निर्णय गरेको छ ।

काठमाण्डौ, ३१ श्रावण । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनको तयारी शेरबहादुर देउवाको निर्देशनमा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले संयोजन गर्ने निर्णय गरेको छ ।

 

तीनदिने राष्ट्रिय भेला समापन गर्दै संस्थापनइतर पक्षले १५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलन आयोजक समितिका संयोजकले समन्वय गर्ने निर्णय गरेको हो ।

 

निर्णयमा १५औँ महाधिवेशनसम्म नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलन आयोजक समितिका संयोजकले नै संयोजन गर्दै जाने उल्लेख गरिएको छ ।

 

शनिबार भएको बन्दसत्रमा राजनीतिक, आर्थिक, सदस्यता तथा पार्टी संरचनासम्बन्धी विभिन्न प्रस्ताव र प्रतिवेदन प्रस्तुत भएका थिए । नेता विमलेन्द्र निधि, पूर्वअर्थमन्त्री प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक र एनपी साउदले सम्बन्धित प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

बन्दसत्रमा प्रस्तुत सबै प्रतिवेदन सुझावसहित पारित भएका छन् ।

 

समापन समारोहलाई सम्बोधन गर्दै देउवाले आफुले विशेष महाधिवेशन नमान्ने तर अदालतको आदेशलाई स्वीकार गर्ने बताएका थिए । उनले सो अवसरमा आफु हिन्दु भएको भन्दै बौद्ध धर्मप्रति पनि ठुलो सम्मान रहेको बताएका थिए ।

 

भेलामा देउवाले धर्मको कुरा गरेर काँग्रेस अब हिन्दु धर्मको पक्षमा जाने संकेत गरेको विश्लेषण गरिएको छ ।  

योसँगै शुक्रबार उद्घाटन गरिएको भेला आज समापन भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार