सरकारले रेडिसन होटलको ग्यास बारे गरेको टिप्पणीप्रति चेम्बरको आपत्ति
३१ श्रावण, २०८३, आइतवार
- चेम्बरले कृत्रिम अभाव, अवैध कारोबार तथा कानुनविपरीतका गतिविधिको समर्थन नगर्ने स्पष्ट पार्दै वैध व्यवसायलाई हतोत्साहित गर्ने गरी अतिरञ्जित प्रचार गर्दा लगानीको वातावरणमा नकारात्मक असर पर्न सक्ने भन्दै सम्बन्धित निकायलाई संवेदनशील हुन आग्रह गरेको छ ।
काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सले पाँचतारे रेडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति आपत्ति जनाएको छ । चेम्बरले अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्दा होटलको व्यावसायिक प्रतिष्ठासँगै निजी क्षेत्र र समग्र पर्यटन उद्योगमा नकारात्मक असर पर्ने जनाएको छ ।
हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजनमा गरिएको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै टिप्पणी गरिएको थियो । त्यसको प्रतिक्रिया दिँदै चेम्बरले पाँचतारे होटलमा दैनिक करिब ५० देखि ६० वटा ग्यास सिलिन्डर खपत हुनु स्वाभाविक रहेको जनाएको छ ।
होटलमा करिब २०० वटा सिलिन्डर मौज्दात रहनु पनि होटलको आकार र दैनिक खपतलाई हेर्दा अस्वाभाविक नभएको बताउदै चेम्बरले व्यावसय सञ्चालनका लागि आवश्यक मौज्दातलाई मात्र आधार बनाएर त्यसलाई गैरकानुनी गतिविधिसँग जोडेर निष्कर्ष निकाल्नु उचित नहुने बताएको छ ।
चेम्बरले कृत्रिम अभाव, अवैध कारोबार तथा कानुनविपरीतका गतिविधिको समर्थन नगर्ने स्पष्ट पार्दै वैध व्यवसायलाई हतोत्साहित गर्ने गरी अतिरञ्जित प्रचार गर्दा लगानीको वातावरणमा नकारात्मक असर पर्न सक्ने भन्दै सम्बन्धित निकायलाई संवेदनशील हुन आग्रह गरेको छ ।
होटल तथा पर्यटनसहित अन्य व्यवसायमा आपूर्ति वा नियमनसम्बन्धी समस्या देखिए व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग संवाद तथा समन्वय गरी समाधान खोज्नुपर्ने चेम्बरले जनाएको छ। तथ्यमा आधारित सूचना, जिम्मेवार अभिव्यक्ति र सरोकारवालाबीचको संवादबाट पर्यटन तथा आतिथ्य क्षेत्रको विश्वास र दिगो विकास सुनिश्चित गर्नुपर्नेमा पनि चेम्बरले जोड दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
हिजबुल्लाहका वरिष्ठ कमान्डर मारिएको इजरायलको दाबी
-
मधेस प्रदेशमा ‘शिक्षा संवाद’: शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव
-
पार्टीमा ओलीको विरोध गर्नेलाई महेश बस्नेतले दिए लामखुट्टेको संज्ञा
-
सरकारले रेडिसन होटलको ग्यास बारे गरेको टिप्पणीप्रति चेम्बरको आपत्ति
-
सरकारले 'शिक्षा संवाद' मा बेवास्ता गरेको भन्दै शिक्षक महासंघको आपत्ति
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।