पार्टीमा ओलीको विरोध गर्नेलाई महेश बस्नेतले दिए लामखुट्टेको संज्ञा
३१ श्रावण, २०८३, आइतवार
- उनले पार्टी कार्यालयको चौर र क्यान्टिनमा बसेर नेतृत्वको विरोध गर्दै ‘चियाको कपमा क्रान्ति’ गर्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने दाबी गरेका छन् ।
काठमाडौँ: नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विरोध गर्नेहरुलाई लामखुट्टेको संज्ञा दिएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले अध्यक्ष ओलीको पछिल्लो मन्तव्यपछि पार्टीभित्रको एक समूहले कुना काप्चाका लामखुट्टेलाई स्प्रे हानेपछि जस्तै कुइँकुइँ गरेको टिप्पणी गरेका हुन् । बस्नेतले एमालेभित्र दुई प्रकारका प्रवृत्ति रहेको, जसमा एकथरी नेता कार्यकर्ता पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै जनताको पक्षमा इमानदारीपूर्वक खटिएका छन् भने अर्को सानो समूह गुटबन्दी, नेतृत्वको आलोचना र आन्तरिक विवादमा केन्द्रित रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्- 'हिजो अध्यक्षज्यूको मन्तव्यपछि त्यो पंक्तिमा रहेका केही मित्रहरुलाई कुना काप्चाका लामखुट्टेहरूलाई स्प्रे हानेपछि जस्तै कुइँकुइँ गर्न थालेको सुनिँदैछ। आजको आवश्यकता गुट–उपगुटमा विभाजित हुने होइन, पार्टीलाई एकताबद्ध, सुदृढ र गतिशील बनाउने हो। कुरा काटेर होइन, जनताको पक्षमा काम गर्दै परिवर्तन र समृद्धिको अभियानलाई अगाडि बढने हो ।'
उनले पार्टी कार्यालयको चौर र क्यान्टिनमा बसेर नेतृत्वको विरोध गर्दै ‘चियाको कपमा क्रान्ति’ गर्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने दाबी गरेका छन् ।
बस्नेतले अहिलेको आवश्यकता गुट उपगुटमा विभाजित हुने नभई पार्टीलाई थप एकताबद्ध, सुदृढ र गतिशील बनाउने रहेको बताए । उनले आन्तरिक विवादभन्दा जनताको पक्षमा काम गर्दै परिवर्तन र समृद्धिको अभियानलाई अघि बढाउन सबै नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एल निनोको प्रभाव अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण
-
स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक
-
यसै वर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने
-
राष्ट्रपति पौडेलद्वारा विभिन्न देशका राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण
-
प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई विज्ञताअनुसार योगदान दिन प्रधानमन्त्रीको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।