विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतले न्याय दिनेछ : देउवा

३० श्रावण, २०८३, शनिवार
सारांश
  • महाराजगन्जस्थित निवासमा पत्रकारहरूसँग पार्टीको आधिकारिकताबारे सर्वोच्चमा मुद्दा विचाराधीन भएकाले धेरै बोल्न उपयुक्त नहुने बताए।

काठमाडौं: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट आफूले न्याय पाउने विश्वास व्यक्त गरेका छन्।

 

महाराजगन्जस्थित निवासमा पत्रकारहरूसँग पार्टीको आधिकारिकताबारे सर्वोच्चमा मुद्दा विचाराधीन भएकाले धेरै बोल्न उपयुक्त नहुने बताए।

 

उनले भने, ‘विशेष महाधिवेशनको पक्षमा थिइनँ, मैले त्यो आवश्यकता पनि देखिनँ। सर्वोच्च अदालतमा पनि मुद्दा परेको छ। अदालतमा विचाराधीन भएको हुनाले धेरै बोल्नु भएन। मलाई विश्वास छ, अदालतले न्याय दिनेछ।’

 

उनले आफू प्रेस स्वतन्त्रता, स्वतन्त्र पत्रकारिता प्रजातन्त्रको लागि अति आवश्यक भएको बताए। उनले आफूलाई सुदूरपश्चिमले धेरै दिएपछि आफूले अझै गर्नुपर्ने बाँकी काम रहेको बताए।

 

उनले भने, ‘म जहाँ भएपनि सुदूरपश्चिममा मैले केही कामहरू बाँकी छन्, त्यो पुरा गर्नु बाँकी छ। सुदूरपश्चिमका जनताले मलाई सहयोग गरेका छन्। सुदूरपश्चिमका जनताप्रति म आभारी छु।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार