- इङ्लिस क्लब लिभरपुलका मालिक फेनवे स्पोर्ट्स ग्रुपले क्लबको ३० प्रतिशत स्वामित्व अर्बपति जेफ बेजोससहितको लगानी समूहलाई बिक्री गर्ने सम्झौता गरेको छ ।
काठमाण्डौ, ३० श्रावण । इङ्लिस क्लब लिभरपुलका मालिक फेनवे स्पोर्ट्स ग्रुपले क्लबको ३० प्रतिशत स्वामित्व अर्बपति जेफ बेजोससहितको लगानी समूहलाई बिक्री गर्ने सम्झौता गरेको छ ।
फेनवे स्पोर्ट्स ग्रुपले १८९२ होल्डिङ्ससँग क्लबमा ‘रणनीतिक अल्पमत लगानी’ बिक्री गर्ने अन्तिम सम्झौता भएको पुष्टि गरेको हो । १८९२ होल्डिङ्सको नेतृत्व बेलायती-भारतीय व्यवसायी अमित भाटियाले गरेका छन् । समूहमा सामाजिक सञ्जाल फेसबुकका सहसंस्थापक तथा अर्बपति एडुआर्डो सेभरिन पनि सहभागी छन् ।
सम्झौता नियामकीय स्वीकृतिको अधीनमा रहेको छ । स्वीकृति प्राप्त भएपछि अमित भाटिया लिभरपुलको उपाध्यक्ष बन्नेछन् र क्लबको विस्तारित सञ्चालक समितिमा पनि सहभागी हुनेछन् ।
भारतीय अर्बपति व्यवसायी लक्ष्मी मित्तलका ज्वाइँ भाटियाले यसअघि क्विन्स पार्क रेन्जर्स क्लबमा १८ वर्षसम्म सञ्चालक र सहमालिकका रूपमा काम गरेका थिए । उनले गत महिना उक्त क्लबमा रहेको आफ्नो हिस्सा बिक्री गरेका थिए ।
अमेरिकी व्यवसायी जेफ बेजोस विश्वकै धनी व्यक्तिमध्ये एक हुन् । विधुतीय व्यापार कम्पनी अमेजनका संस्थापक बेजोसको अनुमानित सम्पत्ति २५६ अर्ब अमेरिकी डलर रहेको छ । लिभरपुलमा लगानीसँगै बेजोस पहिलोपटक खेलकुद क्लबको स्वामित्वमा प्रवेश गर्दैछन् । यद्यपि उनी लिभरपुलको सञ्चालक समितिमा भने रहने छैनन् ।
बेजोसले लगानी गरिरहेको लगानी संस्था के५ स्पोर्ट्सका संस्थापक ब्रायन बाउम भने लिभरपुलको एनफिल्डस्थित सञ्चालक समितिमा सहभागी हुनेछन् । त्यस्तै, एडुआर्डो सेभरिनकी पत्नी इलेन पनि सञ्चालक समितिमा रहनेछिन् । के५ स्पोर्ट्समा सबैभन्दा ठूलो लगानीकर्ता बेजोस नै हुन् ।
यस लगानी सम्झौताले खेलाडी अनुबन्धसम्बन्धी क्लबको योजनामा कुनै असर नपर्ने जनाइएको छ । लगानीसँगै खेलाडी खरिदका लागि छुट्टै वा नयाँ बजेटसमेत नआउने बताइएको छ ।
सम्झौतामा भविष्यमा १८९२ होल्डिङ्सले लिभरपुलमा आफ्नो लगानी थप गर्न सक्ने व्यवस्था पनि राखिएको छ । यसले भविष्यमा फेनवे स्पोर्ट्स ग्रुपले क्लबको स्वामित्व बिक्री गर्न चाहेमा यही समूह बहुमत हिस्सेदारी खरिद गर्ने बलियो अवस्थामा रहने संकेत गरेको छ । तर फेनवेले भविष्यमा स्वामित्व बिक्री गर्ने विषयमा कुनै प्रतिबद्धता भने नगरेको दाबी गरिएको छ ।
सम्झौताअनुसार लिभरपुलको कुल मूल्य करिब ७ अर्बदेखि ८ अर्ब डलरसम्म निर्धारण गरिएको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।