आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

२०८३ साउन २७ बुधवार
सारांश
  • आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस बर्षको अन्तर्राष्ट्रिय युवा दिवस ‘फरक परिवेश, साझा आकांक्षा’ भन्ने मूल नाराका साथ मनाइँदैछ ।

काठमाण्डौ, २७ श्रावण । आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस बर्षको अन्तर्राष्ट्रिय युवा दिवस ‘फरक परिवेश, साझा आकांक्षा’ भन्ने मूल नाराका साथ मनाइँदैछ ।    

 

समुदाय स्तरमा युवाहरूले अगुवाइ गर्ने त्यस्ता पहलहरूलाई जनाउँछ, जसले संयुक्त राष्ट्रका दिगो विकास लक्ष्यहरू: जस्तै गुणस्तरीय शिक्षा, जलवायु कार्य, लैङ्गिक समानता, र सम्मानजनक रोजगार प्राप्त गर्न सहयोग पुर्‍याउँछन् र त्यसका साथै अन्य स्थानीय वा विश्वव्यापी चुनौतीहरूलाई समेत सम्बोधन गर्छन् ।

 

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन् ।

 

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारीरूपमा परिषद्को अगुवाइमा विसं २०७३ देखि मनाउन थालिएको हो । सरकारले विसं २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार