बोलेरो जीप भेरी नदीमा खस्यो, दुई जना बेपत्ता

२७ श्रावण, २०८३, बुधवार
सारांश
  • लु १ ज ३०२२ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट भेरी नदीमा खसेको हो ।

सुर्खेत: सुर्खेत र सल्यानको सीमामा पर्ने बालुवासंग्रही नजिकै बोलेरो जीप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।

 

लु १ ज ३०२२ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट भेरी नदीमा खसेको हो । कर्णाली प्रदेश प्रहरीका अनुसार जीपमा चार जना सवार थिए । जीप नदीमा खसेपछि दुई जना पौडिएर सकुशल बाहिर निस्कन सफल भएका छन् । जीपमा सवार अन्य दुई जना भने नदीमा बेपत्ता भएका छन्।

 

दुर्घटनाको जानकारी पाएलगत्तै बेपत्ता यात्रु र नदीमा डुबेको जीपको खोजीका लागि प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार