काठमाडौँ महानगरका नयाँ प्रमुख प्रशासकीय अधिकृत अर्यालको पद बहाली

२७ श्रावण, २०८३, बुधवार
सारांश
  • वि. सं. २०६६ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गरेका अर्याल २०७३ सालमा उपसचिव र २०८० सालमा सहसचिव भएका हुन् । गएको १ वर्षदेखि उनी पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए ।

काठमाडौँ: काठमाडौँ महानगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पद बहाली गरेका छन् । पद वहालका क्रममा अर्याललाई कार्यवाहक प्रमुख सुनिता डंगोलसहितका महानगरका पदाधिकारीले स्वागत गरेका थिए । 

 

वि. सं. २०६६ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गरेका अर्याल २०७३ सालमा उपसचिव र २०८० सालमा सहसचिव भएका हुन् । गएको १ वर्षदेखि उनी पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए । त्यस अघि उनले लुम्बिनी प्रदेशको रेसुङ्गा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसकेका छन् । 

 

साउन २० गतेको मन्त्रीपरिषदको निर्णयबाट उनी पोखरा महानगरपालिकाबाट काठमाडौँ महानगरपालिकामा सरुवा भएका थिए । 

  

आज नै आयोजना गरिएको परिचयात्मक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्यालले, काठमाडौँलाई स्थानीय सुशासन, स्वशासन, विकास र व्यवस्थापनको सिकाइ केन्द्रका रुपमा छवि विकास गर्ने गरी आफूले कर्मचारी प्रशासनको नेतृत्व गर्ने बताए । महानगरमा यस अघि सरोज गुरागाईँ प्रमुख प्रशासकीय अधिकृत थिए । उमेर हदका कारण उनी साउन २० गते अनिवार्य अवकाशमा गएका थिए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार