पहिरोले घारखोला जलविधुत् आयोजनाको विधुत् गृहमा क्षति, सुरक्षा गार्ड बेपत्ता

२०८३ श्रावण २६ मङ्गलवार
सारांश
  • पहिरोमा परी त्यहाँ कार्यरत सुरक्षा गार्ड खिमबहादुर बरुवाल बेपत्ता भएका छन् ।

पोखरा, २६ श्रावण । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविधुत् आयोजनाको विधुत् गृह पहिरोले पुरिएको छ । पहिरोमा परी त्यहाँ कार्यरत सुरक्षा गार्ड खिमबहादुर बरुवाल बेपत्ता भएका छन् ।

 

गए राति करिब ३ बजे विधुत् गृहको पछाडि रहेको भीरबाट चट्टानसहितको पहिरो खस्दा सुरक्षा गार्ड बस्ने घरसहित विधुत् गृहको केही भाग पुरिएको हो । अन्य क्षतिको यकिन विवरण आउन सकेको छैन । बेपत्ता सुरक्षा गार्डको खोजी भइरहेको स्थानीयले बताएका छन् ।

 

उक्त आयोजना विसं २०८० असाढ़देखि सञ्चालनमा रहेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार