- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे शान्ति योजनालाई अस्वीकार गर्दै हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने बताएका छन् ।
काठमाण्डौ, २४ श्रावण । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे शान्ति योजनालाई अस्वीकार गर्दै हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने बताएका छन् ।
आइतबार मन्त्रिपरिषद्को बैठकमा नेतन्याहुले १५ बुँदे दस्तावेज इजरायललाई स्वीकार्य नभएको बताए । उनले हमास वास्तविक रूपमा निःशस्त्र नभएसम्म इजरायली सेना फिर्ता नहुने र आफ्ना सैनिक तथा नागरिकमाथिका खतरा रोक्न कारबाही जारी राख्ने बताए ।
गत महिना ट्रम्पको नेतृत्वमा रहेको शान्ति संयन्त्रले गाजामा हमास र अन्य सशस्त्र समूहलाई पूर्ण रूपमा निःशस्त्र बनाउने सहमति भएको जनाएको थियो । त्यसपछि ट्रम्पले यसलाई दीर्घकालीन शान्ति र सुरक्षातर्फको महत्वपूर्ण कदम भनेका थिए ।
तर हमासले इजरायलले गाजामा सबै प्रकारका सैन्य कारबाही रोक्नुपर्ने र आफ्ना सेना फिर्ता लैजानुपर्ने सर्तमा मात्रै भारी हतियार हस्तान्तरण गर्न सकिने बताउँदै आएको छ। इजरायलले गत अक्टोबरमा प्रारम्भिक युद्धविराममा सहमति जनाएपछि पनि गाजामा आक्रमण जारी राखेको छ ।
नेतन्याहुले हमासको निःशस्त्रीकरण केवल कागजी वा देखावटी हुन नहुने बताए । योजनाका विषयमा अमेरिकी अधिकारीसँग छलफल भइरहेको उल्लेख गर्दै उनले केही प्रस्ताव स्वीकार्य भए पनि केही विषयमा इजरायल सहमत हुन नसक्ने बताए ।
यसैबीच, इजरायलमा आगामी निर्वाचन नजिकिँदै गर्दा नेतन्याहुमाथि आफ्नै दक्षिणपन्थी सहयोगीबाट पनि दबाब बढेको छ । राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले ट्रम्पको प्रस्तावलाई अस्वीकार्य भन्दै नयाँ मन्त्रिपरिषद् मतदानमार्फत गाजा योजना अन्त्य गर्न माग गरेका छन् ।
ट्रम्पले गत वर्ष सेप्टेम्बरमा सार्वजनिक गरेको योजनामा शान्ति सम्झौताको कार्यान्वयनको निगरानी गर्न शान्ति परिषद् गठन, हमासको निःशस्त्रीकरण, इजरायली सेना फिर्ता र गाजाको पुनर्निर्माणलगायत विषय समेटिएका थिए। पछिल्लो विवादले ट्रम्पको गाजा शान्ति योजनामा थप चुनौती देखिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलद्वारा गाजासम्बन्धी ट्रम्पको शान्ति योजना अस्वीकार
-
समावेशी लोकतन्त्र र सामाजिक न्यायलाई व्यवहारमा उतार्नुपर्छ- उपराष्ट्रपति यादव
-
जेनजी आन्दोलनपछि रणनीति बदल्दै भारतीय दल, सात राज्यमा युवा मतदाता निर्णायक
-
आदिवासी जनजातिका अधिकार नयाँ पुस्तामा पुर्याउनुपर्छ- मन्त्री श्रेष्ठ
-
चन्द्रमामा कारखाना खोल्ने मस्कको योजना, रोबोटले गर्नेछन् औद्योगिक काम
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।