समावेशी लोकतन्त्र र सामाजिक न्यायलाई व्यवहारमा उतार्नुपर्छ- उपराष्ट्रपति यादव

२०८३ श्रावण २४ आइतवार
सारांश
  • उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको संविधानको मूल मर्म समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसर भएकाले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

काठमाण्डौ, २४ श्रावण । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको संविधानको मूल मर्म समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसर भएकाले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

 

३२औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले काठमाडौँको टुँडिखेलमा आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले राज्यका हरेक तहमा समानुपातिक पहुँच सुनिश्चित गर्नुपर्ने बताए ।

 

उनले नेपालको लोकतान्त्रिक, गणतान्त्रिक र संघीय व्यवस्था स्थापनाका लागि आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान र बलिदान रहेको स्मरण गरेका थिए । संविधानले आदिवासी जनजाति, मधेसी, सीमान्तीकृत तथा उत्पीडित समुदायका अधिकार सुनिश्चित गरिसकेको भन्दै अब ती अधिकारको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताए ।

 

समावेशिता नारामा मात्र सीमित नभई राज्यका नीति, योजना, स्रोतसाधन, शिक्षा, स्वास्थ्य, रोजगारी तथा निर्णय प्रक्रियामा समानुपातिक सहभागिताका रूपमा देखिनुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ ।

 

प्रकृतिसँग सहअस्तित्वमा आधारित आदिवासी समुदायको परम्परागत ज्ञान, सीप र संस्कृति जलवायु परिवर्तन तथा वातावरण संरक्षणका दृष्टिले महत्वपूर्ण रहेको उनले बताए । नयाँ पुस्ताले मौलिक भाषा, संस्कृति र पहिचान संरक्षण गर्दै शिक्षा, विज्ञान तथा प्रविधिको प्रयोगबाट अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

 

उपराष्ट्रपति यादवले सबै जातजाति, वर्ग र समुदायको साझा प्रयासबाट मात्र नेपाललाई सुन्दर, शान्त र समृद्ध बनाउन सकिने उल्लेख गरेका थिए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार