भीमफेदीमा तरकारी बोकेको ट्रक दुर्घटना: एक जनाको मृत्यु
२० श्रावण, २०८३, बुधवार
- दुर्घटनामा राक्सिराङ–९ निवासी ३६ वर्षीय अर्जुन कार्कीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको छ भने २३ वर्षीय रञ्जित कार्कीको दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।
हेटौडा: मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मकवानपुर प्रहरीका अनुसार आज पालुङबाट वीरगञ्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित हुँदा सडकबाट करिब १०० मिटर तल चण्डी खोलामा खसेको हो ।
दुर्घटनामा राक्सिराङ–९ निवासी ३६ वर्षीय अर्जुन कार्कीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको छ भने २३ वर्षीय रञ्जित कार्कीको दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।