राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने
२०८३ श्रावण १६ शनिवार
- राष्ट्रिय स्वतन्त्र पार्टीले २०८३ को अन्तराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको छ ।
काठमाण्डौ, १६ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टीले २०८३ को अन्तराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको घोषणाबाट सन् १९९९ देखि अगस्त १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ । गत श्रावण १३ गते बसेको रास्वपा केन्द्रीय समितिको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरी केन्द्रीय सदस्य एवं पार्टीका पूर्व महामन्त्री कविन्द्र बुर्लाकोटीलाई अन्तर्राष्ट्रिय युवा दिवस २०८३को आयोजक समितिको संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
आयोजक समितिको सदस्यहरूमा केन्द्रीय सदस्य, सांसद एवं पार्टीका नेताहरू हिमेश पन्त, कमल सुवेदी, खगेन्द्र सुनार, केपी खनाल, निशा श्रेष्ठ, मन्जु सिंह, सागर भुसाल, जमुना शर्मा, अरविन शाह, हेमराज थापा, रोहन कार्की, मनिष खनाल, डा. नमिता यादव, नारदमणि बास्तोला, उदयनारायण सापकोटा, साजन शर्मा, किसान प्रसाद तिमल्सिना, राजु सुनार, शेख कसमुद्दिन, चन्दन कुमार ठाकुर, भरत केसी लगायत रहेका छन्। साथै प्रदेशका सभापतिहरू आयोजक समितिको पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।
पार्टीले विभिन्न पालिका, जिल्ला, सातैवटा प्रदेश र केन्द्रीय तहमा युवा दिवस मनाउने तयारी गरेको छ ।
श्रावण १५ गते सम्पन्न आयोजक समितिको पहिलो बैठकले साथै प्रदेशका सभापतिहरूलाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने सन्दर्भमा पत्राचार गर्ने, साथै प्रदेशमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन समन्वय गर्ने सदस्यको जिम्मेवारी तोक्ने र उपसमिति निर्माण गर्ने निर्णय गरेको छ ।
युवा दिवसको अवसरमा संसदसम्म युवाको आवाज अन्तरसंवाद कार्यक्रम, इन्स्पाएरिङ म्यासेज कम्पिटिसन, राष्ट्रव्यापी सरसफाई कार्यक्रम, खेलकुद, रक्तदान कार्यक्रम, अन्तरसंवाद, विभिन्न विषयमा छलफल, नीति मन्थन लगायतका कार्यक्रमहरू गर्ने सम्बन्धमा छलफल भएको छ ।
जिम्मेवारी तोकिएका सदस्यहरूले आवश्यक गृहकार्य गरी आगामी बैठकमा विस्तृत विवरण प्रस्तुत गर्नेगरी बैठक सम्पन्न भएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।