लगनखेल मालपोतका तीन नायब सुब्बासहित पाँच जना तीन लाख घुससहित पक्राउ

२०८३ श्रावण १६ शनिवार
सारांश
  • अख्तियारले उनीहरूको साथबाट घुसबापत लिएको तीन लाख रुपैयाँका साथै स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ समेत बरामद गरेको जनाएको छ ।

काठमाण्डौ, १६ श्रावण । ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालय (मालपोत) का तीन नायब सुब्बासहित पाँच जनालाई तीन लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

 

अख्तियारका अनुसार भूमि प्रशासन कार्यालयका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवालले मिलेमतोमा जग्गाको बकसपत्र गराइदिने काममा सेवाग्राहीलाई दुःख हैरानी दिएर घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा कारबाही गरिएको हो ।

 

उक्त सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट साउन १५ गते नियन्त्रणमा लिएको जनाएको छ ।

 

अख्तियारले उनीहरूको साथबाट घुसबापत लिएको तीन लाख रुपैयाँका साथै स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ समेत बरामद गरेको जनाएको छ ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार