लगनखेल मालपोतका तीन नायब सुब्बासहित पाँच जना तीन लाख घुससहित पक्राउ
२०८३ श्रावण १६ शनिवार
- अख्तियारले उनीहरूको साथबाट घुसबापत लिएको तीन लाख रुपैयाँका साथै स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ समेत बरामद गरेको जनाएको छ ।
काठमाण्डौ, १६ श्रावण । ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालय (मालपोत) का तीन नायब सुब्बासहित पाँच जनालाई तीन लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
अख्तियारका अनुसार भूमि प्रशासन कार्यालयका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवालले मिलेमतोमा जग्गाको बकसपत्र गराइदिने काममा सेवाग्राहीलाई दुःख हैरानी दिएर घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा कारबाही गरिएको हो ।
उक्त सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट साउन १५ गते नियन्त्रणमा लिएको जनाएको छ ।
अख्तियारले उनीहरूको साथबाट घुसबापत लिएको तीन लाख रुपैयाँका साथै स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ समेत बरामद गरेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।