मुग्लिन–नारायणगढ सडकमा दुई पटक पहिरो, सडक पुनः सञ्चालनमा
१२ श्रावण, २०८३, मगलवार
- दोस्रो पटक खसेको पहिरो हटाएपछि करिब एक घण्टापछि सडकमा सवारी आवागमन पुनः सुचारु गरिएको कार्यालयले जनाएको छ ।
चितवन: मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकैको खहरे खोलामा मंगलबार दुई पटक सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान करिब ७: ३० बजे खसेको सुख्खा पहिरोका कारण सडक दुवैतर्फ अवरुद्ध भएको थियो । पहिरो हटाएर करिब पाँच घण्टापछि सवारी आवागमन सञ्चालनमा ल्याइए पनि करिब डेढ घण्टामै सोही क्षेत्रमा फेरि सुख्खा पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको थियो ।
दोस्रो पटक खसेको पहिरो हटाएपछि करिब एक घण्टापछि सडकमा सवारी आवागमन पुनः सुचारु गरिएको कार्यालयले जनाएको छ ।
सडक डिभिजनका अनुसार यो पहिरो खसेको स्थान पूर्ण रूपमा नयाँ भएकाले उक्त क्षेत्रमा थप पहिरो खस्ने जोखिम उच्च रहेको अनुमान गरिएको छ ।
सवारी चालकलाई सुरक्षाका लागि सो क्षेत्रमा एकतर्फी लेनबाट सावधानीपूर्वक, हतार नगरी सवारी सञ्चालन गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।