मुग्लिन–नारायणगढ सडकमा दुई पटक पहिरो, सडक पुनः सञ्चालनमा
१२ श्रावण, २०८३, मगलवार
- दोस्रो पटक खसेको पहिरो हटाएपछि करिब एक घण्टापछि सडकमा सवारी आवागमन पुनः सुचारु गरिएको कार्यालयले जनाएको छ ।
चितवन: मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकैको खहरे खोलामा मंगलबार दुई पटक सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान करिब ७: ३० बजे खसेको सुख्खा पहिरोका कारण सडक दुवैतर्फ अवरुद्ध भएको थियो । पहिरो हटाएर करिब पाँच घण्टापछि सवारी आवागमन सञ्चालनमा ल्याइए पनि करिब डेढ घण्टामै सोही क्षेत्रमा फेरि सुख्खा पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको थियो ।
दोस्रो पटक खसेको पहिरो हटाएपछि करिब एक घण्टापछि सडकमा सवारी आवागमन पुनः सुचारु गरिएको कार्यालयले जनाएको छ ।
सडक डिभिजनका अनुसार यो पहिरो खसेको स्थान पूर्ण रूपमा नयाँ भएकाले उक्त क्षेत्रमा थप पहिरो खस्ने जोखिम उच्च रहेको अनुमान गरिएको छ ।
सवारी चालकलाई सुरक्षाका लागि सो क्षेत्रमा एकतर्फी लेनबाट सावधानीपूर्वक, हतार नगरी सवारी सञ्चालन गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।