- अनुसन्धानका क्रममा उक्त कसुरमा संलग्न रहेको आरोपमा झापाको साविक भद्रपुर गाउँ विकास समिति–११ निवासी ३९ वर्षीया मृदुला सरियालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
काठमाडौँ: बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा मृदुला सरियालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार नेपाल बीमा प्राधिकरण, कुपण्डोल, ललितपुरले ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिमा गरेको निरीक्षणबाट प्राप्त प्रतिवेदनका आधारमा बीमा ऐन, २०७९ को दफा १४० उपदफा (१) को खण्ड (छ) र (झ) अनुसारको कसुर सम्बन्धमा अनुसन्धान अघि बढाइएको थियो ।
अनुसन्धानका क्रममा उक्त कसुरमा संलग्न रहेको आरोपमा झापाको साविक भद्रपुर गाउँ विकास समिति–११ निवासी ३९ वर्षीया मृदुला सरियालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनलाई बिहीबार काठमाडौँ महानगरपालिका–५, सानो गौचरणबाट पक्राउ गरिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।