अनशन तोड्न सोनम वाङ्चुकलाई ककरोच जनता पार्टीको आग्रह
६ श्रावण, २०८३, बुधवार
- साथै, वाङ्चुकले अनशन तोडे पनि आन्दोलन नरोकिने स्पष्ट पार्दै परीक्षा प्रणालीमा न्याय सुनिश्चित नभएसम्म संघर्ष जारी रहने प्रतिबद्धता व्यक्त गरेको छ । आन्दोलनलाई थप प्रभावकारी रूपमा अघि बढाउन हरसम्भव प्रयास गरिने पनि पत्रमा उल्लेख छ ।
काठमाडौं: ककरोच जनता पार्टीले सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई अनशन अन्त्य गर्न आग्रह गरेको छ। पार्टीले बुधबार खुला पत्र जारी गर्दै उनको त्यागले देशभरका हजारौं विद्यार्थीलाई प्रेरित गरेको भन्दै अब स्वास्थ्यको पनि ख्याल गर्न अनुरोध गरेको हो ।
पार्टीले पत्रमा जुलाई २० मा विभिन्न राज्यबाट युवाहरू वाङ्चुक र आन्दोलनप्रति ऐक्यबद्धता जनाउन पुगेको उल्लेख गर्दै यो संघर्ष कुनै एक व्यक्तिको नभई परीक्षा प्रणालीमा न्याय खोज्ने सबै विद्यार्थीको भएको जनाएको छ ।
साथै, वाङ्चुकले अनशन तोडे पनि आन्दोलन नरोकिने स्पष्ट पार्दै परीक्षा प्रणालीमा न्याय सुनिश्चित नभएसम्म संघर्ष जारी रहने प्रतिबद्धता व्यक्त गरेको छ । आन्दोलनलाई थप प्रभावकारी रूपमा अघि बढाउन हरसम्भव प्रयास गरिने पनि पत्रमा उल्लेख छ ।
पार्टीका संस्थापक अभिजीत दीपकेले पनि सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै वाङ्चुकलाई अनशन अन्त्य गर्न आग्रह गरेका छन् । उनले देशलाई सोनम वाङ्चुकको आवश्यकता रहेको र उनको जीवन थप जोखिममा पार्न नहुने बताउँदै जन्तर-मन्तरमा भइरहेको शान्तिपूर्ण प्रदर्शन माग पूरा नभएसम्म निरन्तर जारी रहने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री शाहको अपिल- 'हामीमाथि भरोसा राख्नुहोस्'
-
कृष्णभिर ट्र्याक खोल्ने काम जारी, दुवैतर्फ गरी करिब २५२ मिटर खोलियो
-
भोटेकोशी बाढीको ११औँ दिनमा बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार
-
चलचित्र 'गौँथली' ले मनायो प्रदर्शनको ५१औँ दिन
-
एमाले महासचिव पोखरेल भन्छन्- नेपालको हक हो जलवायु न्याय र क्षतिपूर्ति
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।