- घटनास्थलमा दिल्ली प्रहरी र द्रुत कार्यबलका सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गरिएका छन् । प्रहरीले संसद मार्चका लागि अनुमति नदिइएको भन्दै कानूनअनुसार सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ ।
काठमाडौँ: भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा ककरोच जनता पार्टीले आयोजना गरेको 'संसद मार्च' का क्रममा तनाव उत्पन्न भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि लाठीचार्ज गरेको आरोप लगाएका छन् भने प्रहरीले उक्त आरोप अस्वीकार गरेको छ ।
प्रदर्शनकारीका अनुसार लाठीचार्जका कारण धेरै व्यक्ति घाइते भएका छन् र केहीको टाउकोसमेत फुटेको छ । तर दिल्ली प्रहरीले भने बल प्रयोग गरिएको दाबी अस्वीकार गर्दै प्रदर्शन नियन्त्रणका लागि आवश्यक सुरक्षा व्यवस्था मात्र अपनाइएको जनाएको छ ।
संसदतर्फ अघि बढ्न खोजेका ठूलो संख्याका प्रदर्शनकारीलाई प्रहरीले जन्तर–मन्तर क्षेत्रमै रोकेको थियो । त्यसक्रममा केही प्रदर्शनकारी राजीव चौक र मण्डी हाउस मेट्रो स्टेशनभित्र प्रवेश गरेका थिए भने कतिपयले सुरक्षा बार तोडेर संसद प्रहरी कार्यालयसम्म पुग्ने प्रयास गरेका थिए । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
घटनास्थलमा दिल्ली प्रहरी र द्रुत कार्यबलका सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गरिएका छन् । प्रहरीले संसद मार्चका लागि अनुमति नदिइएको भन्दै कानूनअनुसार सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ ।
यता, ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले आफूहरूलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । उनले संसद मार्च पूर्ण रूपमा शान्तिपूर्ण हुने र आफ्ना माग राख्न लोकतान्त्रिक अधिकार प्रयोग गरिरहेको बताएका छन् ।
यसैबीच, २३ दिनदेखि आमरण अनशनमा रहेका सोनम वाङचुकले अनशन अन्त्य गर्न सरकारसमक्ष तीनवटा सर्त अघि सारेका छन् । उनले शिक्षा प्रणाली र प्रश्नपत्र चुहावट प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्ने, ककरोच जनता पार्टीको प्रतिनिधिमण्डललाई संसद जान अनुमति दिनुपर्ने तथा सांसदहरूले उक्त विषय संसदमा उठाउने प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन् ।
उनले स्वास्थ्य अवस्थाका कारण संसद जान सम्भव नभए सांसदहरू आफैं सफदरजङ अस्पताल पुगेर सोही प्रतिबद्धता जनाउनुपर्ने तेस्रो सर्त पनि राखेका छन् ।
यसअघि ककरोच जनता पार्टीले सामाजिक सञ्जालमार्फत वर्षा र कडा सुरक्षा व्यवस्थाका बाबजुद आफूहरूको संसद मार्च शान्तिपूर्ण रूपमा सम्पन्न हुने जनाएको थियो । दिल्ली प्रहरीले भने मार्चका लागि अनुमति नदिइएको दोहोर्याउँदै कानूनविपरीत गतिविधि हुन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाइएको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।