जोर्डनमा इरानी आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
२०८३ श्रावण ०३ आइतवार
- यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले शनिबार राति लगातार आठौँ रात पनि इरानमाथि हवाई आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।
एजेन्सी, ०३ श्रावण । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको ब्यालिस्टिक क्षेप्यास्त्र र मानवविहीन हवाई आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक सैनिक अझै बेपत्ता रहेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।
अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आक्रमणमा घाइते भएका चार सैनिकलाई उपचारका लागि जोर्डनका अस्पतालमा भर्ना गरिएको थियो । उनीहरू उपचारपछि अस्पतालबाट फर्किसकेका छन् भने सामान्य घाइते भएका अन्य सैनिक पुनः ड्युटीमा खटिएका छन् । मृत्यु हुने सैनिकको परिचय र घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले शनिबार राति लगातार आठौँ रात पनि इरानमाथि हवाई आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ । अमेरिकाले होर्मुज जलडमरूमध्य क्षेत्रमा व्यावसायिक जलयातायातलाई लक्षित गर्न सक्ने इरानको क्षमता कमजोर बनाउने र जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इरानी बललाई कारबाही गर्ने उद्देश्यले आक्रमण गरिएको जनाएको छ ।
पछिल्लो एक सातादेखि अमेरिका र इरानबीचको तनाव पुनः चर्किएको छ। अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी पुनः लागू गरेपछि इरानले होर्मुज जलडमरूमध्य बन्द भएको घोषणा गरेको थियो। प्रारम्भिक युद्धविराम लागू भएको एक महिनाभन्दा कम समयमै दुवै पक्षबीचको सहमति भंग भएपछि सैन्य गतिविधि तीव्र बनेको हो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।