प्रहरी महानिरीक्षक कार्की राष्ट्रसंघको प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन न्यूयोर्क प्रस्थान
२२ आषाढ़, २०८३, सोमवार
- सम्मेलनका अवसरमा प्रहरी महानिरीक्षक कार्कीले संयुक्त राष्ट्रसंघका उच्च पदाधिकारी तथा संयुक्त अरब इमिरेट्सका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता र आपसी सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम पनि रहेको छ।
काठमाडौँ: प्रहरी महानिरीक्षक दानबहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा असार २३ र २४ गते आयोजना हुने पाँचौँ संयुक्त राष्ट्रसंघ प्रहरी प्रमुख सम्मेलन मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।
उक्त सम्मेलनमा सहभागी हुन सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल पनि न्यूयोर्क प्रस्थान गरेका छन्।
प्रहरी महानिरीक्षक कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरूले शुभकामना दिँदै बिदाइ गरेका थिए ।
सम्मेलनमा संयुक्त राष्ट्रसंघीय प्रहरीको भावी भूमिका, नयाँ प्रविधिको उपयोग, अन्तर्राष्ट्रिय सहकार्यको सुदृढीकरण, भाषा तालिममार्फत संयुक्त राष्ट्रसंघीय शान्ति मिसनलाई प्रभावकारी बनाउने उपाय तथा लैङ्गिक उत्तरदायी प्रहरी व्यवस्थाजस्ता विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।
सम्मेलनका अवसरमा प्रहरी महानिरीक्षक कार्कीले संयुक्त राष्ट्रसंघका उच्च पदाधिकारी तथा संयुक्त अरब इमिरेट्सका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता र आपसी सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम पनि रहेको छ।
प्रहरी महानिरीक्षक कार्की विदेश भ्रमणमा रहँदासम्म नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले सम्हाल्ने नेपाल प्रहरीले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण व्यवस्थित बनाउन निर्देशन
-
राष्ट्रपति पौडेलसँग युरोपेली संघका राजदूत लरेन्जोको बिदाइ भेट
-
जय नेपाल पार्टीले अघि सार्यो सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रको एजेन्डा
-
इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणमा बैंकिङ निर्णय र आपराधिक कार्यबीच भिन्नता छुट्याउन सिबिफिनको माग
-
रुसी आक्रमणमा किभमा १३ जनाको मृत्यु
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।