जेनजी आन्दोलनसम्बन्धि घटनाका पेसी स्थगित गर्न महान्यायाधिवक्ता कार्यालयको निर्देशन
२०८३ अषाढ़ २१ आइतवार
- २०८२ भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनसम्बन्धी घटनाका फौजदारी अभोय्ग फिर्ता लिन मिल्ने नमिल्ने विषयमा सरकारले कार्यदल भने अझै बनाएको छैन ।
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले देशभरका उच्च सरकारी वकिल र जिल्ला सरकारी वकिल कार्यालयलाई जेनजी आन्दोलनसम्बन्धि घटनाका पेसी स्थगित गर्न निर्देशन दिएको छ ।
शुक्रबार सहायक अधिवक्ता विश्वास तिमिल्सिनाले लेखेको पत्रमा जेनजी आन्दोलनसम्बन्धी घटनाका फौजदारी अभोय्ग फिर्ता लिन मिल्ने नमिल्ने विषयमा सरकारले कार्यदल बनाउने प्रक्रियामा रहेकाले कार्यदलले प्रतिवेदन नदिएसम्म ती मुद्दाको पेसी स्थगित गर्न निर्देशन दिएको उल्लेख छ ।
२०८२ भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनसम्बन्धी घटनाका फौजदारी अभोय्ग फिर्ता लिन मिल्ने नमिल्ने विषयमा सरकारले कार्यदल भने अझै बनाएको छैन ।
पत्रमा भनिएको छ- 'उपर्युक्त सम्बन्धमा गृह मन्त्रालयको मिति २०८३/०३/१८ को निर्णयानुसार जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको सम्बन्धमा फौजदारी अभियोग भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानविन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न नेपाल सरकारबाट कार्यदल गठन गर्ने कार्य प्रक्रियामा रहेकोले २०८२ भाद्र २३ र २४ को घटनामा संलग्न भएकै कारण विभिन्न अदालत र मुद्दा हेर्ने अधिकारी समक्ष दायर भएका फौजदारी मुद्दा उक्त कार्यदलबाट प्रतिवेदन पेश नभएसम्मको लागि सम्बन्धित मुद्दाहरुको पेशी स्थगितको अनुरोध भई आएको हुँदा सहजिकरण गर्न निर्देशानुसार अनुरोध छ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण व्यवस्थित बनाउन निर्देशन
-
राष्ट्रपति पौडेलसँग युरोपेली संघका राजदूत लरेन्जोको बिदाइ भेट
-
जय नेपाल पार्टीले अघि सार्यो सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रको एजेन्डा
-
इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणमा बैंकिङ निर्णय र आपराधिक कार्यबीच भिन्नता छुट्याउन सिबिफिनको माग
-
रुसी आक्रमणमा किभमा १३ जनाको मृत्यु
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।