कम्युनिष्टबीच सहकार्य गर्न ढिला नगरौं, सकिन्छ भने आजै गरौँ- प्रचण्ड

१४ आषाढ़, २०८३, आइतवार
सारांश
  • प्रचण्डले फेरी एकता गर्न विगतमा भएका एकताको समिक्षा हुनुपर्ने बताउदै अहिले देशमा आएको संकट र चुनौतीको सामना गर्न ढिला नगरी मिलेर मात्र सफलता हासिल गर्न सकिने बताए ।

काठमाडौँ: नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वाधीनता चरम संकटमा परेको महसुस भएको बताएका छन् । 

 

जननेता मदन भण्डारीको ७५औ जन्मजयन्ती समारोहमा बोल्दै प्रचण्डले सरकारले संबिधानका आधारभूत मान्यतामाथि प्रहार गर्न उद्धत भएको देखिएको बताउदै सबै मुख्य टार्गेट कम्युनिष्टहरु भएको बताएका हुन् । 

 

नेपालमा कम्युनिष्ट आन्दोलनलाई कसरी सिध्याउन सकिन्छ भनेर विश्वभरका प्रतिक्रियावादीहरु लागिरहेको बताउदै यस्तो अवस्थामा छिटो भन्दा छिटो एकता गएर अगाडी बढ्नुपर्ने बताए । 

 

प्रचण्डले भने- 'मैले पार्टी एकता तुरुन्त गरौँ भनेको छैन तर सहकार्य तुरुन्तै गरौँ भनेको हो ।  संसदमा गरौँ, सडकमा गरौँ, जहाँ सकिन्छ त्यहि गरौँ भनेको हो । सकिन्छ भने आजै गरौ तुरुन्तै गरौँ, ढिला नगरौं ।'  

 

सहकार्य गर्न ढिला गरेमा त्यो दुर्भाग्यपूर्ण हुने चेतावनी दिदै प्रचण्डले आफुहरुविरुद्ध धेरै ठुला षड्यन्त्र भैरहेको बताए ।

 

प्रचण्डले फेरी एकता गर्न विगतमा भएका एकताको समिक्षा हुनुपर्ने बताउदै अहिले देशमा आएको संकट र चुनौतीको सामना गर्न ढिला नगरी मिलेर मात्र सफलता हासिल गर्न सकिने बताए ।

 

उनले सहकार्य गरेर शुरु गरौँ भन्दै प्रचण्डले बामपन्थी मात्र सहकार्य गरेर पर्याप्त नहुनेमा जोड दिए । प्रचण्डले कांग्रेस, एमाले र जसपा नेपालसहितका मधेश केन्द्रित दलहरुसँग कुनै न कुनै रुपमा कार्यगत एकता वा मोर्चामा एक ठाउँमा हुनुपर्ने बताए । 

 

प्रचण्डले प्राप्त उपलब्धिको रक्षा गर्न अहिले फेरी एक ठाउमा आउनुपर्ने अवस्था बनेको भन्दै आफुले भन्ने गरेको क्रमभंगता गरिरहनुपर्ने बताए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार