- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरेको हो ।
काठमाण्डौ, १३ अषाढ़ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरेको हो ।
सीआईबीका अनुसार हात्तीगौंडास्थित टुङ्गराम इन्टरनेसनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार हिनामिना गरी व्यक्तिगत लाभ लिएको आरोपमा शेर्पामाथि अनुसन्धान भइरहेको छ । विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा उनले विभिन्न प्रक्रिया दुरुपयोग गर्दै विद्यालयलाई आर्थिक नोक्सानी पुर्याएको आरोप छ ।
अनुसन्धानका क्रममा विद्यालयलाई हानि पुर्याउने उद्देश्यले डर, त्रास र अनुचित प्रभाव प्रयोग गरी भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गा आफ्नै स्वामित्वसँग सम्बन्धित कम्पनीको नाममा बिक्री गरिएको खुलेको सीआईबीले जनाएको छ ।
यस्तै, विद्यालयका लागि सवारीसाधन खरिद गर्न छुट्याइएको रकमसमेत आफू आबद्ध कम्पनीका नाममा जग्गा र सवारीसाधन खरिद गर्न प्रयोग गरी विद्यालयको सम्पत्तिमा हानि पुर्याएको आरोप उनीमाथि लागेको छ ।
यस घटनामा विद्यालयको रकम हिनामिना गरी ठगी र आपराधिक विश्वासघात गरेको भन्दै सीआईबीमा उजुरी परेको थियो । शेर्पाविरुद्ध दुई वर्षअघि नै उजुरी परे पनि प्रहरीले दर्ता गरेको थिएन । पछि अदालतले उजुरी दर्ता गरी अनुसन्धान अघि बढाउन आदेश दिएपछि सीआईबीले मुद्दाको अनुसन्धान सुरु गरेको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनको व्यापार बचत १० खर्ब डलर नाघ्यो, निर्यातमा नयाँ कीर्तिमान
-
एनभिडिया प्रमुख हुआङको सम्पत्तिमा एकैदिन ७ अर्ब ४० करोड डलरले घट्यो
-
शेख हसिनालाई नयाँ राहदानी नदिने बङ्गलादेशको निर्णय
-
ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने धम्कीबाट पछि हटेपछि तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल
-
एनभिडिया प्रमुख हुआङको प्रेम सम्बन्ध अनुसन्धान गर्दै एफबीआई
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।