रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आजै साँझ हुने

१२ आषाढ़, २०८३, शुक्रवार
सारांश
  • रास्वपाको प्रथम चरणको मतदानबाट सभापति र ९९ केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने दोस्रो चरणमा उपसभापति डा. स्वर्णिम वाग्ले निर्बिरोध निर्वाचित भएका छन् ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण आजै हुने भएको छ । 

 

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार आजै साँझ साढे ६ बजे महाधिवेशन आयोजना स्थल उद्योग बाणिज्य संघको हलमा शपथ हुने कार्यक्रम तय गरिएको छ । 

 

रास्वपाको प्रथम चरणको मतदानबाट सभापति र ९९ केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने दोस्रो चरणमा उपसभापति डा. स्वर्णिम वाग्ले निर्बिरोध निर्वाचित भएका छन् ।  त्यस्तै एक महिला उपसभापति, एक महामन्त्री, ३ सहमहामन्त्रीको अहिले मतदान जारी रहेको छ ।  मतदान साढे ४ बजेसम्म जारी रहने आयोगले जनाएको छ । 

 

१५८ सदस्यीय रास्वपाको केन्द्रीय समितिमा ५१ सदस्य सभापतिले मनोनित गर्ने वैधानिक व्यवस्था रहेको छ ।  त्यस्तै पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री, २ सहमहामन्त्री, एक प्रवक्ता र ३ सहप्रवक्ता पनि सभापतिले मनोनित गर्ने व्यवस्था रहेको छ । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार