काँग्रेस महामन्त्री गुरु घिमिरे र शेखर कोइरालाबीच भेटवार्ता

१२ आषाढ़, २०८३, शुक्रवार
सारांश
  • १५औं महाधिवेशनको तयारीमा रहेको काँग्रेसमा अहिले विशेष महाधिवेशनबाट आएको नेतृत्वले क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्णयप्रति देउवा पक्ष र कोइराला पक्ष असन्तुष्ट रहेको छ । तर वर्तमान नेतृत्वले भने अन्तिम पटक असार २० गतेसम्मको समय दिएर अगाडी बढेको छ ।

विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच कुराकानी भएको छ ।

 

शुक्रबार विराटनगरस्थित कोइराला निवासमा महामन्त्री घिमिरे र कोइरालाबीच पार्टीमा एकता बारे कुराकानी भएको हो । महामन्त्री घिमिरेले पार्टीमा देखिएको विवाद मिलाउने सन्दर्भमा कोइरालासँग भेट गरेका छन् ।

 

१५औं महाधिवेशनको तयारीमा रहेको काँग्रेसमा अहिले विशेष महाधिवेशनबाट आएको नेतृत्वले क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्णयप्रति देउवा पक्ष र कोइराला पक्ष असन्तुष्ट रहेको छ । तर वर्तमान नेतृत्वले भने अन्तिम पटक असार २० गतेसम्मको समय दिएर अगाडी बढेको छ । कांग्रेसमा देउवा र कोइराला पक्षले भेलाहरू आयोजना गरेपनि काँग्रेसका करिब ७ लाख भन्दा बढीले क्रियाशील अद्यावधिक गरिसकेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार