सांसद राजीव खत्रीको टिप्पणी- नो भोटको धज्जी, आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट गर्नपर्ने !

२०८३ अषाढ़ ११ विहीवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य चयनको निर्वाचन जारी रहेका बेला असन्तुष्टि बढ्दै गएको छ ।

काठमाण्डौ, ११ अषाढ़ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य चयनको निर्वाचन जारी रहेका बेला असन्तुष्टि बढ्दै गएको छ ।

 

रास्वपा सांसद राजीव खत्रीले मतदान व्यवस्थाप्रति टिप्पणी गर्दै आफ्नै प्रतिद्वन्दीलाई अनिवार्य मत दिनुपर्ने व्यवस्था गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

 

उनले संसारमा यस्तो मतदान हुदैन होला भन्दै आफ्ना प्रतिद्वन्दीलाई अनिवार्य मत दिनुपर्ने अवस्था रहेको बताएका छन् ।

 

उनले नो भोटको धज्जी उडाइएको भन्दै आलोचना गरेका छन् । उनले भनेका छन्- 'संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । नो भोटको धज्जी ।'

 

रास्वपाले नो भोटको वकालत गर्दै आएको भएपनि आफ्नै निर्वाचनमा सो अभ्यास भने गरेको  छैन । सांसद खत्री मात्र होइन धादिङकी सांसद आशिका तामाङ, मोरङका सांसद गणेश कार्कीले पनि मतदानमा राखिएको उम्मेदवारको रोलक्रमका विषयमा प्रश्न उठाएका छन् ।

 

अहिले पहिलो चरणको मतदान अन्तिम चरणमा पुगेको भएपनि दोस्रो चरणको मतदानसम्म धेरै जस्तो प्रतिनिधि फर्किने अवस्था बनेको देखिएको छ । मतदान व्यवस्था अस्तव्यस्त भएपछि पहिलो चरणको मतदानपछि प्रतिनिधिहरु धमाधम फर्किरहेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार