लगातार घट्दै कच्चा तेलको मुल्य

११ आषाढ़, २०८३, बिहिवार
सारांश
  • ब्रेन्ट क्रुडको मूल्य प्रतिव्यारेल ७४.६१ अमेरिकी डलरसम्म झरेको छ, जुन यो फेब्रुअरी २७ यताकै सबैभन्दा न्यून स्तर हो । सोही अवधिमा इरानमाथि अमेरिका र इजरायलको सैन्य कारबाही सुरु भएको थियो ।

काठमाडौँ: अमेरिका र इरानबीच शान्ति सम्झौता भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ । कच्चा तेलको मूल्य ३.१ प्रतिशतले घट्दा ब्रेन्ट क्रुडको मूल्य मध्यपूर्व तनाव सुरु भएयताकै पहिलो पटक प्रतिव्यारेल ७५ अमेरिकी डलरभन्दा तल झरेको हो ।

 

विश्व बजारमा ब्रेन्ट क्रुड वायदा कारोबार २.३२ अमेरिकी डलरले घटेर प्रतिव्यारेल ७४.७६ अमेरिकी डलरमा पुगेको छ । त्यसैगरी अमेरिकी कच्चा तेलको सूचक वेस्ट टेक्सास इन्टरमिडियट पनि २.१७ अमेरिकी डलर अर्थात् २.९६ प्रतिशतले घटेर प्रतिव्यारेल ७१.०४ अमेरिकी डलरमा कारोबार भएको छ ।

 

अमेरिका र इरानबीच जुन १७ मा भएको सहमतिपछि तेलवाहक जहाज होर्मुज जलडमरूमध्य पार गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त मार्गबाट १ करोड ९० लाख ब्यारेल तेल ढुवानी भएको दाबी गरेका छन्, जुन अहिलेसम्मकै उच्च परिमाण रहेको बताइएको छ ।

 

ब्रेन्ट क्रुडको मूल्य प्रतिव्यारेल ७४.६१ अमेरिकी डलरसम्म झरेको छ, जुन यो फेब्रुअरी २७ यताकै सबैभन्दा न्यून स्तर हो । सोही अवधिमा इरानमाथि अमेरिका र इजरायलको सैन्य कारबाही सुरु भएको थियो ।

 

यस्तै, वेस्ट टेक्सास इन्टरमिडियटको मूल्य पनि घटेर प्रतिव्यारेल ७०.९१ अमेरिकी डलरसम्म पुगेको छ, जुन मार्च ३ यताकै सबैभन्दा कम स्तर मानिएको छ ।

 

बजार विश्लेषकहरूका अनुसार होर्मुज जलडमरूमध्यमार्फत तेलवाहक जहाजहरूको आवागमन पुनः सामान्य बन्दै गएपछि आपूर्ति अवरोधको चिन्ता कम भएको छ। यही कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा दबाब परेको र मूल्य घट्ने क्रम देखिएको उनीहरूको भनाइ छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार